सूचनाको शक्ति - The Power Of Information

        

गम्भीर रोगको कारण बन्न सक्छ लिभरको यस्तो समस्या

शरीरलाई स्वस्थ बनाउने चाहना जोकोहीमा हुन्छ । तर, फेरिँदो जीवनशैलीका कारण दिनहुँ मानिस नयाँ–नयाँ रोगको सिकार हुने गरेको छ । अस्वस्थ जीवनशैलीका कारण खानामा हुने पौष्टिक तत्त्वको कमीले थुप्रै रोगको जोखिम बढेको छ ।

सोही कारणमाले मानिसमा मुटु, फोक्सो, मिर्गौला तथा कलेजको लगायत थुप्रै अंगमा रोगको संक्रमण भइरहेको छ । स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय लिभरसँग जोडिएका समस्या बढ्दै गएको छ । कलेजोलाई शरीरको पावर हाउस भनिन्छ ।

लिभरले शरीरका बेकार पदार्थलाई फिल्टर गरेर आवश्यक पोषकतत्व तथा पेय पदार्थको प्रशोधन गर्छ । तर, लिभरमा फ्याटको मात्रा बढ्दा गम्भीर क्षति पुग्छ । भारतको सिके बिड्ला हस्पिटल गुडगाउँका डिपार्टमेन्ट अफ ग्यास्ट्रोलोजी विशेषज्ञ डा.अनुकल्प प्रकाशका अनुसार लिभरमा जम्मा हुने फ्याटका कारण लिभर सुन्निने समस्या हुन्छ ।

केही अवस्थामा लिभरले कामनै गर्न छोडिदिन्छ । फ्याटी लिभर दुई प्रकारको हुन्छ । एक अल्कोहलिक फ्याटी लिभर हो भने अर्को गैर अल्कोहलिक फ्याटी लिभर हो । लिभरका रोगीका लागि अल्कोहल निकै हानिकारक मानिन्छ । गैर अल्कोहलिक फ्याटी लिभर डिजिजको समस्या रक्सी नपिउने मानिसमा पनि देखिन सक्छ ।

फ्याटी लिभरको समस्या भएका मानिसमा पेटको दाहिने पट्टी दुख्ने समस्या देखिन सक्छ । गम्भीर स्थितिका बिरामीमा नाकबाट रगत बग्ने, थकान लाग्ने, तौल घट्ने, पेट सुन्निने, खुट्टा सुन्निने, आँखा पहेँलो हुनेलगायत समस्या देखिन्छन् । यस्ता लक्षण देखिँदा मानिसले विशेष सावधानी अपनाउनुपर्छ ।

तनाव, मोटोपन, मधुमेह, कोलेस्ट्रोल जस्ता कारणले फ्याटी लिभर हुन्छ । फ्याटी लिभरको समस्या पत्ता लगाउनका लागि विशेष परीक्षणको आवश्यकता पर्छ । यसमा मेडिकल हिस्ट्री, अल्ट्रासाउन्ड, सिटी स्क्यान, रगतको जाँच, लिभरको बायोस्कोपी गर्नुपर्छ । फ्याटी लिभर भएका मानिसले औषधिको सेवन गर्नुपर्ने हुन्छ । यसका साथै जीवनशैली र आहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ००:४०

लोकप्रिय