सूचनाको शक्ति - The Power Of Information

        

बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्व पश्चिम राजमार्ग क्षेत्रमा चल्ने यातायातका साधनहरूमा आजदेखि टाइम कार्ड लागू गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गमा दुर्घटना बढेपछि टाइम कार्ड लागू गरिएको हो । बाँकेको ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा लागू हुने टाइम कार्ड अनुसार उक्त दुरी २८ मिनेटमा पार गर्नुपर्नेछ ।

त्यस्तै यस अघि निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न लागू गरिएको सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्यरूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङ्गल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्ज भन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई पनि आजैदेखि कडाईका साथ लागू गरिएको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १२:०८

लोकप्रिय