सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगञ्जमा भोलि सद्भाव र्‍याली निकालिने

नेपालगञ्जमा भोलि सद्भाव र्‍याली निकालिने भएको छ ।

नेपालगञ्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी नेपालगञ्जमा भोलि विहान साढे ७ बजे सद्भाव र्‍याली निकालिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुुर केसीले जानकारी दिए ।

सद्भाव समितिको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गर्न लागेको सदभाव ¥यालीमा राजनीतिक दल, धर्मगुरु, नागरिक समाज एवम् नागरिकहरुलाई सहभागी हुन अपिल गरिएको छ ।

नेपालगञ्जको बिपी चौकबाट निस्किने र्‍यालीले नगरको परिक्रममा गर्नेछ । नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्‍याली आयोजना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिन सद्भाव र्‍याली निकालिन लागिएको प्रजिअ आचार्यको भनाई छ ।

सामाजिक सञ्जालमा आफ्नो धर्म र आस्थामा आघात पुग्ने गरी टिप्पणी गरिएको भन्दै नेपालगञ्जमा आइतबार मुस्लिम युवाहरुले प्रदर्शन गरेका थिए । त्यसपछि जिल्ला प्रशासनले उच्छृंखल गतिविधि हुने सम्भावनालाई मध्यनजर गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो ।

मुस्लिमले प्रदर्शन गरेपछि हिन्दु समुदायले पनि भोलि नेपालगञ्जमा प्रदर्शनको तयारी गरेपछि सद्भाव र्‍याली निकाल्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १२:०५

लोकप्रिय