राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका एक युवकको शब तीन दिनपछि फेला परेको छ ।
राप्ती गाउँपालिका– ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए ।
ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको समयमा गढवा गाउँपालिका–१, जेठानगाउँको राप्ती नदीघाटमा चौधरीको शब फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।
नदीमा जालले माछा मार्ने क्रममा चौधरी बगेर वेपत्ता भएका थिए । चौधरीको शब पोष्टमार्टमका लागि घोराही पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके