सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।

दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना परेको हो ।

दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिए ।

प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०३:५७

लोकप्रिय