सूचनाको शक्ति - The Power Of Information

        

पोखरा उडेका जहाज विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं फर्किए

 पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।

आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०२:५७

लोकप्रिय