सूचनाको शक्ति - The Power Of Information

        

सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटना भएको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०२:०३

लोकप्रिय