सूचनाको शक्ति - The Power Of Information

        

फेसबुकमा ‘ब्लु टिक’ कसरी पाउने ?

फेसबुकले मेटा भेरिफाइड सुविधा ल्याएसँगै तपाईँहरूले फेसबुकमा जताततै ‘ब्लु टिक’ भएका भेरिफाइड प्रोफाइलहरू देख्नु भएको होला । मेटा भेरिफाइड फेसबुकले आधिकारिक रूपमै सार्वजनिक गरेको सुविधा हो । प्रयोगकर्ताले मासिक ८ डलर (१ हजार ६६ रुपैयाँ) तिरेर यो सुविधा लिन सक्छन् । यसले तपाईँको अकाउन्टले ‘ब्लु टिक’ पाउने गर्छ ।

कसले पाउने ?

फेसबुकले निःशुल्क दिने ब्लु टिक सेलिब्रेटी, नेता अथवा अन्य बहुचर्चित व्यक्तिहरूले पाउँथे भने मेटा भेरिफाइड भने शुल्क तिरेर जो कसैले पनि लिन मिल्छ । सेलिब्रेटीले पाउने र मेटा भेरिफाइड बाट पाउने टिक एउटै हो त ? होइन । फेसबुकले सेलिब्रेटिलाई दिने टिक निःशुल्क र लाइफटाइम हुन्छ भने मेटा भेरिफाइड सःशुल्क हुन्छ जसमा मासिक ८ डलर मेटालाई तिर्नुपर्ने हुन्छ ।

पैसा नतिरे टिक हट्ने गर्दछ । फेसबुकले आधिकारिकता हेरेर दिने टिक पाउन निकै मुश्किल छ, फेसबुकले थुप्रै कुरामा ध्यान दिएर मात्रै पेज अथवा प्रोफाइललाई टिक दिएको हुन्छ । जस्तैः सम्बन्धित व्यक्तिको बारेमा सञ्चारमाध्यममा आएका समाचार, फलोअर, अकाउन्टको सक्रियता आदि । यस्तै निःशुल्क टिक दिएको खातामा कुनै पनि प्रतिबन्ध हुँदैन तर मेटा भेरिफाइडमा भने विभिन्न प्रतिबन्ध लगाइएको हुन्छ ।

जस्तैः महिनामा एक पटक मात्रै प्रोफाइल फोटो परिवर्तन गर्न मिल्छ जसलाई मेटाले अनुमोदन गर्ने गर्छ । यस्तै अकाउन्ट नाम, प्रयोगकर्ताको नाम परिवर्तन गर्न मिल्दैन । मेटा भेरिफाइडबाट प्राप्त हुने ब्लु टिक भने व्यक्तिगत फेसबुक वा इन्स्टाग्राम प्रोफाइलमा मात्र लिन सकिन्छ, फेसबुक पेजमा भने लिन सकिँदैन ।

सेलिब्रेटीले ब्लु टिक कसरी पाउने ?

सेलिब्रेटीले ‘ब्लु टिक’ पाउनका लागि आवेदन दिनुअघि बुझ्नुपर्ने कुराहरू – यो टिक फेसबुकले राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचार, पेज वा प्रोफाइलको सक्रियता, पेजमा भएका फलोवर, गुगलमा सम्बन्धित व्यक्तिको नामबाट आउने परिणाम आदिलाई हेरेर दिने गर्दछ । यदि यी सबै कुरा पुग्छ भने तपाईँले https://www.facebook.com/help/contact/295038365360854 मा गएर आवेदनमा मागेअनुसारको जानकारीहरू दिएर भेरिफिकेशन प्राप्त गर्न सक्नुहुन्छ । यो आवेदन बुझाएको १ देखि ४८ घण्टाभित्र फेसबुकले मेल र नोटिफिकेशन मार्फत आवेदन स्वीकृत भएको वा नभएकोबारे बताउने गर्दछ । साथै आवेदन स्वीकृत नभएको खण्डमा ३० दिनपछि पनि आवेदन दिन मिल्छ ।

मेटा भेरिफाइड कसरी पाउने ?

फेसबुकले आधिकारिक रूपमै धेरैजसो देशमा यो सेवा दिए पनि नेपालमा भने सबै प्रोफाइलमा आइसकेको छैन । सो सेवा लिन आफ्नो प्रोफाइलको थ्री डटमा गएर मेटा भेरिफाइड विकल्पले दिएको निर्देशनअनुसार ८ डलर बुझाएर, आफ्नो नागरिकता वा पासपोर्टको कपी बुझाएर सदस्यता लिन सकिन्छ । यदि तपाईँको प्रोफाइलमा यो विकल्प छैन र बाहिर देशबाट केही दिन सञ्चालन गर्ने हो भने यो विकल्प उपलब्ध हुने गर्छ । मेटा भेरिफाइको बारेमा थप बुझ्न https://www.facebook.com/help/1206202490291214/ यो लिङ्कमा जान सकिन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०१:१०

लोकप्रिय