सूचनाको शक्ति - The Power Of Information

        

ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद

तस्करीबाट आएको सुन ।

 दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ ।

बिगु गाउँपालिका–१ लामाबगरबाट आज आइतवार ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गएको बुधवार राति तीन किलो र शुक्रवार चार किलो सुन बरामद भएको थियो । योसँगै दोलखाबाट पछिल्लो पाँच दिनमा ११ किलो सुन बरामद भएको छ । गएको बुधवार र शुक्रवार बरामद भएको तस्करीको सुनको अनुसन्धान गर्दै जाँदा आज थप चार किलो सुन भेटिएको प्रहरीको भनाइ छ ।

चीनसँगको फलेक नाका बन्द भए पनि यो सुन फलेक नाकाबाटै तस्करी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुँदै आएकोमा अब तस्करहरूले दोलखा र रसुवाका विभिन्न नाका प्रयोग गर्न थालेका प्रहरीले जनाएको छ । गएको भदौ र यो असोज महिनामा गरी रसुवाबाट पनि चार किलो सुन बरामद भइसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार १२:१२

लोकप्रिय