२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघको सभापतिमा पुनः खड्का

सत्यपाटीसत्यपाटी । बाँके । २०८० असोज १४ गते आइतबार

लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघको सभापतिमा यमबहादुर खड्का पुनः निर्वाचित भएका छन् । संघको तेस्रो अधिवेशनले उनलाई पुनः सभापतिमा निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर सिंह ठकुरी, साहबुद्धिन खान, प्रकाश लामिछाने, अञ्जु न्यौपाने र पुतला बिष्ट, महासचिवमा नारायणप्रसाद पोख्रेल, उपमहासचिवमा उर्मिला खनाल, सचिव चन्द्रनारायण मण्डल र पवित्रा बिष्ट तथा कोषाध्यक्षमा जितेन्द्रकुमार यादव निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा लोकप्रसाद चापागाई, कृष्ण पन्थी, दुर्गा भण्डारी, सबिता लम्साल, होमबहादुर बिक, सुष्मा खत्री, तुल्सी रावत, मिनाकुमारी रेग्मी, प्रेमकुमारी बस्नेत, शरदकुमार रेग्मी, राधेश्याम बाल्मिकी, उमेश केसी, यज्ञकुमारी ढकाल, तिलकबहादुर चन्द, भोज गिरी, मिश्रीलाल कोरी, नलिना पाण्डे, राजु थापा क्षेत्री र प्रेम बिक निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार