सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा १२५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमको शनिवार बसेको संचालक समितको बैठकले शनिबार रातिदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो । त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २११० र काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १८५ र डिजेल÷मट्टितेल प्रतिलिटर १७५ रुपैयाँँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार ०१:१७

लोकप्रिय