सूचनाको शक्ति - The Power Of Information

        

ह्वात्तै बढ्यो ग्यासकोे मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ह्वात्तै बढाएको छ । निगमले आइतबारदेखि लागू हुने गरी ग्यासको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । निगमले स्वचालित मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतवार ०१:१४

लोकप्रिय