सूचनाको शक्ति - The Power Of Information

        

फुटबल खेलाडी विमल घर्ती मगरले देश छाडे

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले देश छाडेका छन् । शुक्रबार बिहान उनी अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् ।

उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए । सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए ।

पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् । यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ०९:४०

लोकप्रिय