सूचनाको शक्ति - The Power Of Information

        

होस्टेलमा बालक झुन्डिएको अवस्थामा भेटिएपछि स्कुलमा आगजनी

सुर्खेतमा आठ वर्षिय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा बस्दै आएका आठ वर्षीया बालक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी शुक्रबार होस्टेलमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुका पुलामी बेडमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनी कक्षा २ मा पढ्थे । घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलित बनेका छन् । आफन्तले होस्टेल बाहिर तोडफोडसमेत गरेका छन् । आफन्त आक्रोशित बनेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । घटना भएको आसपास क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रहरीले सञ्चालक पक्षलाई नियन्त्रणमा लिएको छ । आफन्तहरुले बालकको मृत्यु भएपछि आवश्यक अनुसन्धान गरी दोषीलाई कारर्वाही नभएसम्म शव उठाउन नदिने बताएका छन् । शुक्रबार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन ।

आफन्तहरूले पनि घटना शंकास्पद रहेको भन्दै शव उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए । आक्रोशित आफन्तले स्कुलमा आगजनी गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ०७:१५

लोकप्रिय