चलचित्र ‘रावायण’मा अनुबन्धनका लागि अभिनेता अनमोल केसीले १० लाख लिएका थिए । उनीसहित अन्य कलाकारले गरेर निर्माण पक्षलाई एक करोड १५ लाख घाटा गराएको पीडित भनिएकाहरूको प्रतिक्रिया छ । निर्माताले सम्झौता गर्न गरेको पटक–पटकको अनुरोध केसीले टारे ।
छायाङ्कनमा पनि नगएपछि धोका दिएको निष्कर्षसहित निर्माता चन्द्रकला कटवाल ‘थापा’ले प्रहरी गुहारिन् । उनले सोही बेहोराको जाहेरीपत्र तयार गरी प्रहरीमा दर्ता गरिन् । जाहेरीपछि प्रहरीले सहमति हुने भए प्रयास गरौँ न त भनेर छलफलका लागि केसीलाई बोलायो तर उनले प्रहरीलाई पनि टेरेनन् ।
पक्राउ गर्नुअघि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराउन खोजेको प्रयास अनमोल केसीकै कारण असफल भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘छलफलका लागि बोलाउँदा आएनन्, बरु उल्टै ’प्रहरीले सकेको गरोस्’ भने अनि हामीले सकेको गरेर देखायौँ ।’
प्रहरीलाई नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी नै जारी गरी केसीको खोजी थालेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँझ उनलाई भक्तपुरको साँगाबाट पक्राउ गर्यो । साँझ पक्राउ परेकाले शुक्रबार प्रहरीले म्याद थप गर्न भ्याएन । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
भोलि बिदा भएकाले उनलाई आइतबार अदालतमा पेश गरिनेछ । उनीविरुद्ध आपराधिक विश्वासघात गरेको कसुरमा अनुसन्धान थालिएको छ । उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ । यसअघि अनमोल केसीविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो । फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी पाँच लाख एड्भान्स लिए पनि नखेलेपछि उनीमाथि ठगीको आरोप लागेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं