सूचनाको शक्ति - The Power Of Information

        

नासाले भन्यो, ‘न्युयोर्कको तौल १७ ट्रिलियन पाउण्ड, जसले शहर डुबाउँदैछ’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले न्युयोर्क शहर लगातार डुबिरहेको जनाएको छ । नासाका अनुसार यसको कारणको रुपमा शहरको वजनलाई देखाइएको छ ।

यो प्रतिवेदन सार्बजनिक भइरहेको बेला न्युयोर्कमा अत्याधिक बर्षा भएको छ । जसका कारण न्युर्योकको जनजीवन पुरै ठप्प जस्तै भएको छ ।

नासाको प्रतिवेदनका अनुसार सहरको आर्थर एशे स्टेडियम, कोनी आइल्याण्ड र लागार्डिया एयरपोर्ट सम्भावित प्रकोपबाट विनाश हुने पहिलो स्थानहरूमा पर्नेछ ।

यो प्रतिवेदन नासाको जेट प्रोपल्सन ल्याबोरेटरी र रुटजर्स युनिभर्सिटीले संयुक्त रुपमा तयार पारेको हो । यस प्रतिवेदनमा उल्लेख भए अनुसार सन् २०१६ देखि २०२३ सम्म आर्थर एशे स्टेडियम र लागार्डिया एयरपोर्ट ४.६ एमएम र ३.७ एमएमले डुबिसकेको छ ।

लगातार बढ्दै गएको समुन्द्री सतहका कारण न्यूयोर्कमा डुबेको जोखिम लगातार बढिरहेको उसको भनाई छ । प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले न्यूयोर्कको तटीय क्षेत्रलाई बाढीबाट जोगाउनु निरन्तर चुनौती रहेको उल्लेख गरेका छन् ।

न्यूयोर्कका क्षेत्रहरू जुन द्रुत रूपमा डुबिरहेका स्थानहरुमा गभर्नर्स आइल्याण्डको दक्षिणी भाग, स्टेटन आइल्याण्डको मिडल्याण्ड र दक्षिणी समुन्द्री किनारा र दक्षिणी क्वीन्स समावेश छन् ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेको हालैको प्रतिवेदनले न्यूयोर्क सहरका १० लाखभन्दा बढी भवनको तौल करिब १७ ट्रिलियन पाउण्ड रहेको जानकारीसमेत दिएको छ, जसका कारण पृथ्वीले शहरलाई बिस्तारै निल्न थालेको छ ।

वैज्ञानिकहरूले न्यूयोर्कको सहरी क्षेत्रमा हरेक वर्ष करिब १.६ मिलिमिटरको वृद्धि भएको पत्ता लगाएका छन्, जुन हरेक महिना खुट्टाको नङ बढ्ने जत्तिकै हो । युरोपेली अन्तरिक्ष एजेन्सीले सेन्टिनेल–१ उपग्रहको रडारबाट डाटा प्रोसेसिङ प्रविधि प्रयोग गरिएको थियो ।

अन्तरिक्ष एजेन्सीले वरपरका क्षेत्रहरू र पृथ्वीको निरन्तर डुब्ने अध्ययन गर्यो । अध्ययनले सहरहरू औसतभन्दा छिटो संकुचन भइरहेको देखाएको छ ।

जेपीएल वैज्ञानिक डेभिड बेकर्टले भने, ‘शहर डुब्ने क्रममा समुद्रको सतहमा नजर राख्नु महत्त्वपूर्ण छ । यो पनि महत्त्वपूर्ण छ किनभने पृथ्वीको परिवर्तनले विश्वभरका महासागरहरूमा दबाब दिन्छ, जसले बाढी जस्ता घटनाहरू निम्त्याउँछ र विनाशकारी आँधीबेहरीको सम्भावना सिर्जना गर्दछ ।’

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार ०५:०९

लोकप्रिय