२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

जयेन्दु बाल सुधार गृहबाट फरार एक जना बालबन्दी पक्राउ

सत्यपाटीसत्यपाटी । बाँके । २०८० असोज १२ गते शुक्रबार

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहबाट फरार रहेका एक जना बालबन्दी पक्राउ परेका छन् ।

असोज ४ गते राती १० बजे बाल सुधार गृहमा रहेका बालबन्दीका बीचमा झडप हुँदा फरार रहेका चार जना मध्ये एक जना सन्देश गुरुङ दैलेखबाट पक्राउ परेको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

बाँकेबाट खटिएको प्रहरी टोलीले दैलेख दैखेखका जंगलमा लुकेर बसेका गुरुङलाई पक्राउ गरेको डाँगीले जानकारी दिए । बाल सुधार गृहबाट भागेका अन्य तीन जना भने अझै समातिएका छैनन् । उनीहरुलाई खोज्न प्रहरीले टोली परिचालन गरेको छ ।

उक्त झडपमा एक जना बालबन्दी सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधार गृहमा भएको झडपमा अगुवाई गरेका ६८ जनालाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार