सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ प्रहरी उपरीक्षक योगबहादुर पाल यौनहिंसामा दोषी ठहर

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन हिंसामा दोषी ठहर भएका छन् ।

गत जेठ १९ गते महिला प्रहरी सहायक हवल्दारलाई यौनहिंसा गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानविन गर्न बनाएको समितिले यौन हिंसा गरेको ठहर गरेको हो ।

समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । प्रतिवेदनमा प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको तथा आफ्नै महिला सहकर्मीलाई यौनहिंसा गरेको पुष्टि भएको उल्लेख छ ।

समितिले एसएसपी पाललाई बर्खास्त गर्न समेत सिफारिस गरेको प्रहरी स्रोतले जनाएको छ । सुदूर पश्चिमको महेन्द्रनगरमा कार्यरत रहँदा एसएसपी पालले बिदा माग्न गएकी महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:३४

लोकप्रिय