सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा ५० शैया निःशुल्क

नेपालगञ्जस्थित भेरी अस्पतालले आजदेखि बिरामीलाई ५० शैया निःशुल्क गरेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार कुल शैयाको १० प्रतिशत शैया विरामीका लागि निःशुल्क गरिएको बताए ।

प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा. पवनजंग रायमाझीले भेरी अस्पतालमा हाल रहेको १ सय ६० शैयामध्ये लक्षित वर्ग र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ५० वटा मेडिकल शैया निःशुल्करुपमा उपलब्ध गराइएको जानकारी दिए ।

अस्पतालले इमरजेन्सीका सम्पूर्ण बेड पनि निःशुल्क गरेको जनाएको छ । अस्पतालले हालसम्म बिरामीसँग साधारण शैयाको एक सय रुपैयाँ शुल्क लिने गरेको छ । अस्पतालसँग हाल १० वटा आइसियु शैया छन् ।

अस्पतालमा हाल ४ वटा भेन्टिलेटर छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:२८

लोकप्रिय