सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल पनि अस्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाली फुटबल छाडेर आज बिहान अस्ट्रेलिया लागेका हुन् ।

विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए । विमलले राष्ट्रिय टोलीबाट ९ गोल गरेका छन् । सन् २०१५ मा नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्दा विमल कप्तान रहेका थिए ।

नेपाल सुपर लिग (एनएसएल) मा उनी ललितपुर सिटी एफसीको मार्की खेलाडी थिए । विमलले त्यो सम्झौता पनि रद्द गरी अस्ट्रेलिया गएका हुन् । पछिल्लो समय नेपाली फुटबल खेलाडी दिनेश राजवंशी, हेमन्त थापामगर, तेज तामाङ, दीपकसिंह ठकुरी, पुजन उपरकोटीलगायत विदेश पलायन भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:२६

लोकप्रिय