सूचनाको शक्ति - The Power Of Information

        

यो हप्ता समग्रमा सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता समग्रमा सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले घट्यो ।

हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ  थियो ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ११:२०