२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

भारतको लखनउमा अपार्टमेन्ट भत्किदा २ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज १२ गते शुक्रबार

भारतको लखनउमा पीजीआई इलाकामा रहेको कालिंदी पार्क नजिकैको निर्माणाधीन अपार्टमेन्ट भत्किदा २ जनाको मृत्यु भएको छ ।

भारती सञ्चार माध्यमका अनुसार निर्माणाधीन अपार्टमेन्टसँगै रहेका ५ वटा झुपडी पुरिदा झुपडी भित्र रहेका १२ जना मध्ये २ जनाको मृत्यु भएको हो ।

पुरीएका १२ जनामध्ये १० जनाको भने उद्धार गरिएको समाचारमा उल्लेख छ ।

घटना प्रत्यक्षदर्शीका अनुसार निर्माणाधीन अपार्टमेन्टमा भूमिगत भाग खन्दा अपार्टमेन्टको एउटा भाग ढलेर झुपडी पुरिएको हो ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार