प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलास पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरी नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिएका हुन् । उनले सिमकोटबाट कैलास पर्वततर्फ ओहोरदोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने दाबी गरे ।
चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलास मानसरोवर करिब २५० किलोमिटर टाढा छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटरको दूरीमा छ । सिमकोटबाट कैलास मानसरोवर जान अहिले सडक सञ्जाल जोडिएको भए पनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज अवस्था छ । प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं