२०८३ असार ३ , बुधबार 18, June 2026, Thursday

आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज १२ गते शुक्रबार

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागको थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार