सूचनाको शक्ति - The Power Of Information

        

२०८० असोज १२ गते शुक्रवारको राशिफल

२०८० असोज १२ गते शुक्रवार, २९ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष पूर्णिमा तिथि, १६ः०३ बजेपछि आश्विन कृष्णपक्ष प्रतिपदा । उत्तरभाद्रपदा नक्षत्र । चन्द्रराशि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला । गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन् । तापनि नियमित काम सम्पादन हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर आए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । तर स्वास्थ्य कमजोर हुनाले काममा विलम्ब हुन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । काम मुस्किलले सम्पादन हुनेछन् । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ । कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । नयाँ काममा जग बसाउने मौका छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ । तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ । आफन्तसँग भेटघाटको अवसर जुट्नेछ । तर, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ०१:१९

लोकप्रिय