२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

मुस्ताङबाट सुरुभयो पलको ‘मायावी’को छायांकन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ११ गते बिहीबार

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ ।

मुस्ताङबाट फिल्मको छायाकंन सुरु गरिएको हो । फिल्मको छायाकंन अवधि ३५ दिनसम्म चल्ने निर्माण टिमले जानकारी गराएका छन् ।

निर्देशक दिवाकर भट्टराईको निर्देशन र निर्माण रहने फिल्ममा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईँ मुख्य भूमिकामा छन् । अभिनेता पल झन्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दै छन्।

फिल्ममा अभिनेता सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भूमिका रहने छ । यस्तै फिल्ममा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारहरूको पनि अभिनय रहने छ ।

क्रिएटिभ सिने आर्टसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहने छ ।फिल्ममा एक्सन तथा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माता रहेका छन् ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार