सूचनाको शक्ति - The Power Of Information

        

चिकित्सक कुटपिटबिरुद्ध नेपालगञ्जमा प्रदर्शन

देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि बाँकेका डाक्टरहरु पनि आफुहरु माथि हुने आक्रमणको बिराधमा सडकमा उत्रिएका छन् ।

नेपाल चिकित्सक संघ भेरीको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु काम छाडेर सडकमा उत्रिएका हुन् ।

नियमित र नियोजित रुपमा मानविय सेवामा खटिएका चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ ।

यस्ता घटनाका दोषीमाथि सरकारले कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा बिनोद कुमार थापाले बताए ।

आफुहरुमाथि हुँदै आएको भौतिक आक्रमणको बिरुद्ध पूर्ण सुरक्षाको माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन् ।

पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा उत्रिएका हुन ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १२:०७

लोकप्रिय