सूचनाको शक्ति - The Power Of Information

        

फिस्टेल र श्री एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध

हवाई उडान सुरक्षाको गम्भीर उल्लंघन गरेको भन्दै फिस्टेल एयर र श्री एयरको हेलिकप्टर कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिरकणद्वारा उडान सुरक्षाको गम्भीर उल्लंघन गरेको आरोपमा फिस्टेलका दुई र श्रीको एक हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाइएको हो ।

प्राधिकरणले भिजुअल फ्लाइट रुल (भीएफआर) उडान सुरक्षा नियमको गम्भीर उल्लंघन गरेको भन्दै तीन हेलिकप्टरलाई उडानमा रोक लगाएको हो । प्राधिकरणले जारी गरेको सूचना अनुसार यी दुई वायुसेवाको उडानमा भएको कमी कमजोरीको थप अध्ययन गर्नुपर्ने भएको छ ।

यी दुबै वायुसेवाका तीन हेलिकप्टरमाथि थप अध्ययन गर्नुपर्ने भएकाले ग्राउन्डेड गरिएको बताइएको छ । प्राधिकरण स्रोतका अनुसार लुक्ला विमानस्थलमा यी दुई वायुसेवा बादलले ढाकेले अवस्थामा उच्च जोखिम लिएर अवतरण गरेको पाइएको छ ।

दुवै वायुसेवाको एएस ३५० बी३ नामक हेलिकप्टर अवतरण गर्दा १०० मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा जोखिम लिएको विषयमा प्राधिकरणले थप अध्ययन गर्नुपर्ने भएकाले उडानमा रोक लगाइएको हो । प्राधिकरणको निर्णयप्रति वायुसेवा कम्पनीहरुले भने असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १०:५५

लोकप्रिय