२०८२ कात्तिक २८ , शुक्रबार 14, November 2025, Friday

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० असोज ११ गते बिहीबार

मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार