सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असोज ११ गते बिहीवारको राशिफल

२०८० असोज ११ गते बिहीवार, २८ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष चतुर्दशी तिथि, १८ः१९ बजेपछि पूर्णिमा । पूर्वभाद्रपदा नक्षत्र । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम गर्न सकिनेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछन् । विवादास्पद कामले समस्या निम्त्याउने देखिन्छ । आम्दानी भइरहे पनि फजुल खर्च बढ्न सक्छ । विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि फाइदा हुनेछ । पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०१:३६

लोकप्रिय