सूचनाको शक्ति - The Power Of Information

        

‘परदेशी २’को ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक (भिडियो)

‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो । यो गीतमा फिल्मका  निर्देशक नारायण रायमाझी स्वयंसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ ।

शब्द पनि निर्देशक रायमाझी स्वयंले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा सङ्गीत दिएका छन् । भिडियोमा फिल्मका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ ।

शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।

राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ ।

फिल्मको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:४९

लोकप्रिय