सूचनाको शक्ति - The Power Of Information

        

आन्दोलनरत शिक्षकलाई प्रहरीले लछारपछार गर्‍यो

प्रहरीले राहत शिक्षकको जारी आन्दोलनमा हस्तक्षेप गरेको छ ।

सरकारले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

सोही क्रममा बुधबार निषेधित क्षेत्र तोड्न नदिन बार लगाएर बसेको प्रहरीले शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:४६

लोकप्रिय