सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

बैतडीमा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका ८ का सशस्त्र प्रहरी हवलदार नरेन्द्रसिंह महरा रहेका छन् ।

बाजुराबाट घर आइरहेका ४० वर्षिय महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले आज दिउँस १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडीबाट झरेर हिंडिरहेको बेला उनलाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान भने हुन सकेको छैन ।

यसैबीच, गाडीको गाडीको पहिचान गरि दोषीलाई कारवाहीको माग गर्दै स्थानीय आन्देलित भएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:३९

लोकप्रिय