सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार साढे १८ अङ्कले घट्यो

हिजो बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेर बजार राताम्मे देखिएको छ । सबैभन्दा धेरै शुभम् पावर कम्पनी र लक्ष्मी भ्यालु–२ को शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदाको दिन आज मनकामना इन्जिरियङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा एसियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

आज ७० लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:३६

लोकप्रिय