२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० असोज १० गते बुधबार

सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ ।

हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८५ रुपैयाँ छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार