सूचनाको शक्ति - The Power Of Information

        

पूरै फलामले बनेको ग्रह भेटियो

प्रकृतिको विविधता र ब्रह्माण्डको गहिराइ बुझ्न सजिलो छैन । वैज्ञानिकहरूले निरन्तर खोजी गरिरहन्छन् । भर्खरै एउटा ग्रह पत्ता लागेको छ जुन पूर्णतया ठोस फलामले बनेको छ । यो ग्रहको आकार लगभग पृथ्वी बराबर छ । यसको नाम ग्लिसे ३६७ बी हो । यो एक अल्ट्रासर्ट पिरियड (युएसपी) ग्रह हो ।

अल्ट्रासर्ट पिरियड ग्रह भनेको आफ्नो सूर्य अर्थात् ताराको वरिपरि ७.७ घण्टामा परिक्रमा गर्छ भन्ने बुझिन्छ । वैज्ञानिकहरूले हालसम्म ५ हजारभन्दा बढी एक्सोप्लानेट्स पत्ता लगाएका छन् । जसमध्ये २०० अति छोटो अवधिका ग्रहहरू छन् । ग्लिसे ३६७बी यस कारणले मात्र होइन अरु कारणनले पनि अद्वितीय छ । यो पृथ्वीको दोब्बर घनत्व भएको ग्रह हो ।

यो ग्रह केवल फलामले भरिएको छ । यसको भित्र सबैभन्दा शुद्ध फलाम भरिएको विश्वास गरिन्छ । यो पत्ता लगाउन टेस अर्थात ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटको सहयोग लिइएको थियो । त्यसयता यसको अध्ययन चलिरहेको थियो । नयाँ अध्ययन द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ ।

युनिभर्सिटी अफ टुरिनकी पीएचडीकी विद्यार्थी र यसबारे अध्ययन गर्ने वैज्ञानिक एलिजा गोफोले ग्लिसे ३६७ बी मा पनि दुई भगिनी ग्रह रहेको बताइन् । यी दुबै युएसपी ग्रह पनि हुन् । तिनीहरू ११.४ र ३४ दिनमा एउटै तारा वरिपरि घुम्छन् । टेसले दुई वर्षअघि यो ग्रह पत्ता लगाएको थियो ।

यस ग्रहको आयतन र रेडियस नाप्न वैज्ञानिकहरूले हाई–एक्युरेसी रेडियल भेलोसिटी प्लानेट सर्चर स्पेक्ट्रोग्राफको मद्दत लिएका छन् । त्यसपछि यो ग्रह पृथ्वीको आकारको ७२ प्रतिशत भएको खुलासा भयो । यसको मतलब यो थोरै सानो छ । तौल पृथ्वीको तौलको ५५ प्रतिशत छ । तर घनत्व दोब्बर बढी छ । यसको अर्थ यसको सतह मुनि कम तहहरू छन् ।

यस ग्रहको कोर धेरै घना छ । पूरै फलामले बनेको । जसको वरिपरि सिलिकेटले भरिएको आवरण छ । तर यसमा कुनै क्रस्ट छैन । यो एक प्रकारको प्रोटोप्लानेट हो । जसको बाहिरी तह समाप्त भएको छ । यसको मतलब आवरण आफै माथि छ ।

हालसम्म भेटिएका सबै सुपर–मर्क्युरियनहरूमध्ये ग्लिसे ३६७ बी सबैभन्दा घना ग्रह हो । यसबाहेक अन्य दुई ग्रह यसको तारा वरिपरि घुम्छन् । जसको नाम ग्लिसे ३६७ सी र डी हो । तिनीहरू ११.४ र ३४ दिनमा एउटै तारा वरिपरि घुम्छन् । तिनीहरूको वजन ग्लिसे ३६७ बी भन्दा कम छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ११:०१

लोकप्रिय