स्थानीय तहको निर्वाचन राम्रोसँग सम्पन्न गर्न नसकेको भन्दै कारबाहीको सूचीमा रहेका डिएसपी चर्तुभुज ओझालाई लैनचौर वृत्तमा सरुवा गरेर पुरस्कृत गरिएको छ । विपक्षीमाथि चरम दमन गरेको र बाजुराको बुढीगंगा नगरपालिकामा ज्यान जाने गरी सुरक्षा व्यवस्था कमजोर बनाएको भन्दै उनलाई कारबाही गरिएको थियो ।
निर्वाचन आयोगले पनि बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपेन्द्रराज पौडेल र डिएसपी ओझालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, उनै ओझालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको दबाबमा लैनचौर पठाइएको स्रोतले जनाएको छ । उनी बाजुरामा रहेका बेला अखिलका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या भएको थियो ।
तत्कालीन समयमा हत्यारा पनि फरार रहेका थिए । कोहीलाई युवासंघका नेताहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । ‘कार्यक्षेत्रमा निकै कमजोर रहेका डिएसपी ओझालाई ठमेल जस्तो संवेदनशील क्षेत्रको सुरक्षामा खटाइएको छ,’ स्रोतले भन्यो ‘उनकै कारण काठमाडौं परिसरका भूपेन्द्र खत्री र कुमोद ढुंगेल असफल हुने खतरा छ ।’
गत वर्षको वैशाख ३० गते भएको मतदान कार्यमा सिडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरेका थिए । निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने ठहर गर्दै आयोगले उनीहरुलाई कारबाही गरेको थियो ।
डिएसपी ओझा जहाँ बसे पनि विवादमा आउने प्रहरी अधिकारी हुन् । बाजुराभन्दा अघि रौतहटको इप्रका गरुडामा बस्दा पनि उनी विवादित बनेका थिए । गरुडामा एक अपहरण प्रकरणमा उनी विवादमा आएका थिए । यस्तै विवादितहरूले परिसरमा कब्जा जमाइरहेका छन् । विगतमा काजमा आएका पवन भट्टराई अहिले सरुवा भएको स्थानमा पनि नगई बसेका छन् ।
दुई वर्षदेखि काठमाडौं परिसरमा काजमा रहेका डिएसपी भट्टराई गत वर्षको माघ १९ गते प्रहरी हेडक्वाटरले इटहरीमा दरबन्दी कायम गरेर सरुवा गरेको थियो । तर, भटराई इटहरी जान नमानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत डिएसपी माधवप्रसाद काफ्लेलाई पठाइएको थियो । अहिले पनि उनको सरुवा रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल शाखामा भए पनि उनी रात्रीकालिन डिउटी गर्ने भन्दै परिसरमा बसेका छन् । उनको खास काम देखिएको छैन ।
तर, महाराजगन्ज वृत्तबाट भर्खरै परिसरमा पुगेका डिएसपी अंगुर जिसीले भने तीनकुनेमा चार जनाको हत्यारा ३० घण्टामै पक्राउ गरेर आफूलाई थप अब्बल प्रमाणित गरिदिए । एसएसपी भूपेन्द्र खत्री कोरिया गएको बेला परिसरको निमित्त प्रमुख भएका एसपी कुमोद ढुंगेलको कमाण्डमा डिएसपी जिसीको कामलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले खुलेरै प्रशंसा गरेका थिए । खत्री, ढुंगेल र जिसीलाई तुलनात्मकरुपमा व्यवसायिक प्रहरी अधिकृत मानिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं