२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

कुशल मल्लले टी–२० क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० असोज १० गते बुधबार

नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । १९ औँ एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् ।

उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा यसअघि ३५ बलमा शतक बनेको थियो । ३५ बलमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिनका सुदेश बिक्रमशेखरले प्रहार गरेका थिए ।

तर, टी–२० क्रिकेटमा क्रिस गेलले ३० बलमै शतक बनाएका छन् । बेंग्लोरबाट खेलेका उनले आईपीएलमा सन् २०१३ मा पुणे वारियर्ससँगको खेलमा ३० बलमा शतक बनाएका थिए ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार