अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भयो भने आफन्तले चिकित्सक, नर्स या अन्य कुनै स्वास्थ्यकर्मीलाई दोषी करार गर्दै उनीहरूमाथि हातपात गर्ने घटना नेपालमा एकपछि अर्को हुन थालेका छन्।
भेटे चिकित्सकलाई नै कुट्ने, नभेटे अस्पताल तोडफोड गर्ने घटना एक दशकयता पटकपटक दोहोरिएका छन्। एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ।
पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो। त्यसको केही दिनअघि कञ्चनपुरस्थित एक अस्पतालमा अहेब कुटिए। करिब दुई साताअघि हेटौंडास्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको थियो।
त्यस्तै, विराट मेडिकल कलेज, कोसी प्रादेशिक अस्पतालमा पनि तोडफोड भयो। यी पछिल्ला र प्रतिनिधि घटना हुन्। मुलुकमा यस्ता पटकपटक भएका छन्। चिकित्सकमाथि पटकपटक हातपात भएपछि चिकित्सक पनि आन्दोलनमा उत्रिन थालेका छन्।
नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले मंगलबार देशभरि प्रदर्शन गरेका छन्। काठमाडौं उपत्यकामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताललगायतका सबैजसो अस्पतालका चिकित्सक प्रदर्शनमा सहभागी भए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ