२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

एसियाली खेलकुदमा आज नेपाल र मंगोलिया खेल्दै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज १० गते बुधबार

१९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङगोलियासित खेल्दैछ ।

नेपाल र मङगोलियाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे सुरु हुनेछ ।

मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ ।

पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने, सागर ढकाल, रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार