सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा १८ अंकको सुधार, कारोबार २ अर्ब बढी

पछिल्ला दुई दिन ओरालो लागेको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर २ हजार २२ पुग्यो । गभर्नर र बोर्डका अध्यक्षबीचको छलफलले १२ करोडको सीमा हट्ने चर्चासँगै लगानीकर्ता उत्साहित भएको विश्लेषण गरिएको छ ।

मंगलबार कारोबार पनि २ अर्बमाथि रह्यो । मात्र होटल समूहमा झिनो गिरावट बाहेक बाँकी सबै समूहमा हरियली छायो । जलविद्युत समूहमा सबैभन्दा उच्च ३ प्रतिशतको वृृद्धि आयो । वित्त, लघुवित्त, जीवन बीमा र लगानी समूहमा १ प्रतिशत बढीको वृृद्धि आयो । बाँकी अधिकांशजसो समूह दोहोरो अंकले सुधारिए ।

मंगलबार नेपाल स्टक एक्स्चेन्जमा २ सय ८६ कम्पनीको ८७ लाख कित्ता शेयर २ अर्ब ९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार ४ हाइड्रोसहित आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १२:४२

लोकप्रिय