सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस बाँकेका प्रबक्ता गिरीलाई पितृशोक

नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीलाई पितृ शोक परेको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ निवासी प्रबक्ता गिरीका ८० बर्षीय बुवा रामु गिरीको आज बिहान घरमै निधन भएको हो ।

दमको बिरामी भएपनि सामान्य अवस्थाका गिरीको मंगलवार विहान सवा ८ बजे एक्कासी निधन भएको हो । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।

काँग्रेस बाँकेले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १२:३६

लोकप्रिय