सूचनाको शक्ति - The Power Of Information

        

‘परदेशी २’ का कलाकार नेपालगन्जमा

असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को प्रचारप्रसारका लागि चलचित्रको निर्मातादेखि कलाकारसम्मको टोली नेपालगन्जमा आएको छ ।

चितवन हुँदै नेपालगन्ज आइपुगेको टोलीमा ‘परदेशी २’ को मुख्य भूमिकामा रहनुभएका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेतृ केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतका ‘परदेशी २’ को टिमले नेपालगन्जका विभिन्न विद्यालयमा युवासँग भेट गरेर प्रचारप्रसार गरेको छ ।

विभिन्न विद्यालयको भ्रमणपछि पत्रकारसँग राखिएको भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक नारायण रायमाझीले ‘परदेशी २’ ले बिदेसिने युवाको व्यथा, उनीहरूको परिवारको अवस्थालगायतका विषयलाई समेटेको बताउनुभयो ।

उहाँले चलचित्रको कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गर्दै कथाको माग अनुसार सक्षम कलाकारहरूलाई समेटिएको जनाउनुभयो ।

चलचित्रका अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न भरपुर कोसिस गरेको बताउँदै चलचित्रलाई नेपाली दर्शकको चाहनालाई पूरा गर्ने गरी निर्माण गरिएको बताउनुभयो ।

अभिनेतृ अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताउनुभयो । सोही अवसरमा ‘परदेशी २’ को टिमले चलचित्रको विषयवस्तुलाई समेटेर नाटकसमेत प्रस्तुत गरेको थियो । साङ्गीतिक लहरसँगै संवादमा आएर टुङ्गिएको उक्त नाटक हेर्ने धेरैको

आँखा रसाएको थियो । ‘परदेशी २’ मा वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार ०१:५०

लोकप्रिय