२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

२४ विधामा राष्ट्रिय लोकदोहोरी अवार्ड वितरण हुने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ८ गते सोमबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड-२०८० हुने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ११ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड हुन लागेको जानकारी दिइयो । ‘अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नारासहित अवार्डको आयोजना गर्न लागिएको हो ।

२४ विधामा वितरण हुने अवार्डमा कृष्णसुधा ढुंगानालाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । उपत्यका समन्वय विशिष्ट सम्मान बेवारिसे शव व्यवस्थापन गर्ने सपना रोका मगर, लोक दोहोरी अवार्ड विशेष सम्मान शिव हमाल, दशकको स्रष्टा सम्मान एकनारायण भण्डारी, सदाबहार लोकगीत सम्मान बाबरी फुलको बोट (पाण्डव सुनुवार), लोक पत्रकारिता पुरस्कार राजकुमार रायमाझी, दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशु आदीलाई प्रदान गरिने भएको छ ।

आयोजक कमिटीका अध्यक्ष अर्जुन थापाले अवार्ड सफल बनाउन सबैको साथ जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार