सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु

तीन दिनसम्म खोप लगाइने

बाँकेका ६ वटा पालिकामा आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

स्थानीय तहले तोकेका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा १२ वर्षदेखि माथिका नागरिकहरुलाई कोभिड-१९ विरुद्धको फाइजर खोपको पहिलो र दोस्रो तथा बुस्टरको पहिलो र दोस्रो सबै मात्रा प्रदान गरिनेछ ।

बुस्टरको दोस्रो मात्रा लगाउन पहिलो बुस्टर लगाएको ६ महिना पुगेको हुनुपर्दछ ।खोप लिनुपर्ने १२ वर्ष माथिका सबै नागरिकहरुलाई सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा गई सेवा लिन स्वास्थ्य कार्यालयले अनुरोध पनि गरेको छ ।

तीन दिनसम्म खोप लगाइनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ११:२३

लोकप्रिय