माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।
आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । माल्दिभ्सका लागि आदम रशिदले गाेल गरे ।
नेपाल २ खेलमा ३ अङ्कसहित समूह ‘ए’ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा हुने भारत र भुटानबीचकाे खेलबाट समूह ‘बी’ काे विजेताकाे टुङ्गाे लाग्नेछ । नेपाल रहेकाे समूहबाट पाकिस्तान २ खेलमा ४ अङ्कका शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनल पुगिसकेकाे छ ।
नेपाल पहिलाे खेलमा पाकिस्तानसँग १–० गाेलले पराजित भएकाे थियाे ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ