सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार झन्डै ६ अङ्कले घट्यो

 शेयर बजार आज पनि घटेकाे छ । हिजाे आइतवार १९ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ८९ अङ्कले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । आज शुभम् पावर, थ्री स्टार हाइड्रो र अपर लाहोरे खोला जलविद्युतको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै माइखोला जलविद्युत्, एसियन हाइड्रो, मन्दाकिनी हाइड्रो, इस्टर्न पावर, हिमालय ऊर्जा विकास कम्पनी र हिमालयन लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ११:१०

लोकप्रिय