२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

चीनको कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ८ गते सोमबार

चीनको एक कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

दक्षिणपश्चिमी क्वेचउमा रहेको शान्चियाओशु कोइलाखानीमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् ।

सो कोइलाखानीमा सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेपछि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आगलागीका कारण कोइलाखानीमा ठूलो क्षती पुगेको छ । गत फेब्रुअरीमा भित्री मंगोलिया क्षेत्रको कोइलाखानी भत्किँदा दर्जनौं मानिस र सवारी साधनहरू भग्नावशेषमुनि पुरिएका थिए ।

शान्चियाओेशुु कोइलाखानीका घाइतेहरुको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार