चीनको एक कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
दक्षिणपश्चिमी क्वेचउमा रहेको शान्चियाओशु कोइलाखानीमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् ।
सो कोइलाखानीमा सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेपछि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आगलागीका कारण कोइलाखानीमा ठूलो क्षती पुगेको छ । गत फेब्रुअरीमा भित्री मंगोलिया क्षेत्रको कोइलाखानी भत्किँदा दर्जनौं मानिस र सवारी साधनहरू भग्नावशेषमुनि पुरिएका थिए ।
शान्चियाओेशुु कोइलाखानीका घाइतेहरुको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ