सूचनाको शक्ति - The Power Of Information

        

साफ यू-१९ फुटबलमा आज नेपाल र माल्दिभ्स भिड्दै

साफ अण्डर नाइन्टिन फुटबल च्याम्पियनसिपमा सोमबार नेपाल र माल्दिभ्स भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रगशालामा दिउँसो साँढे १ बजे हुने यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अंकबिहिन अवस्थामा रहेको छ ।

पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै दुई खेलबाट ४ अंकसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । माल्दिभ्सको एक अंक छ । सोमबार नेपाल विजयी भएको अवस्थामा सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, भुटान र भारत छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ०२:५४

लोकप्रिय