सूचनाको शक्ति - The Power Of Information

        

मिड सोलु हाइड्रोको आइपिओ बुधबार बाँडफाँड हुने

मिड सोलु हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँड हुने भएको छ ।

उक्त आइपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले प्रिअलोटमेन्ट पश्चात् बुधबार आइपिओ बाँडफाँड गर्न लागेको हो । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म ६ लाख २१ हजार १ सय ७२ कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

उक्त आइपिओमा करिब २४ गुणा भन्दा बढी कित्ताको माग परेसँगै सर्वसाधारणलाई आइपिओ पर्न गोलाप्रथाकै भर पर्नुपर्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतवार १३:२०

लोकप्रिय